२३ कार्तिक २०८३, सोमबार

दिल्ली गएका मधेसी नेताको मधेसमै अलोचना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग मधेसी मोर्चाका नेताहरु
भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग मधेसी मोर्चाका नेताहरु

महोत्तरी, २५ मङ्सिर । भारत भ्रमणमा गएका आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष चार नेताको मधेसमै आलोचना सुरु भएको छ ।

यसैक्रममा आलोचना गर्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले नेपालको आन्तरिक समस्याको हल देश बाहिरबाट हुन नसक्ने बताउनुभएको छ ।

धनुषाको सबैलामा आयोजित विरोधसभालाई सम्बोधन गर्न हिँड्नुभएका संघीय समावेशी मधेसी गठबन्धनका नेता भण्डारीले आज दिउँसो महोत्तरीको बर्दिवासमा पत्रकारसँग कुरा गर्दै नेपालको आन्तरिक समस्या लिएर नेपाली जनता आन्दोलित भएकाले देशभित्रको समस्या देशभित्रै समाधान गर्नुपर्नेमा जोड दिनुभयो । रासस