२३ कार्तिक २०८३, सोमबार

शान्ता चौधरी भन्छिन्- मधेसी जनताले अति नै दुःख पाए, अब सोच्नुपर्ने बेला आएको छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shanta Chaudhari

– सुधासुमन ढकाल
दाङ, २५ मंसिर । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले राजनीतिक दलहरुले जातीय भातृ संगठन खोल्न भन्दा पनि वर्गीय भातृ संगठन खोल्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व सभासद समेत रहनुभएकी चौधरीले हरेक आन्दोलनमा जातलाई जोड्नु देश र समाजका लागि एकदमै नराम्रो हुने बताउनुभएको छ । अहिले मधेसमा आन्दोलनरत पक्षले अब राम्रोसँग सोच्नुपर्ने बेला भएको समेत उहाँले बताउनुभयो । उनीहरुले जसको लागि भनेर आन्दोलन गरिरहेका छन् तिनीहरुले अति नै दुःख पाईरहेको भन्दै चौधरीले मधेसको आन्दोलनको औचित्य समाप्त भएको बताउनुभयो । दुई चार जना थारु र मधेसी नेताहरुले आन्दोलन गर्दैमा त्यसलाई पुरै थारुहरुको र मधेसीहरुको आन्दोलन मान्न नसकिने समेत उहाँको भनाई छ । राज्य हामी सबैको अभिभावक भएकाले जनताहरुको अवस्थाप्रति राज्य सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

समाजमा नकारात्मक कुरामा रमाउनेहरुको जमात बढेकोप्रति दुःख व्यक्त गर्दै चौधरीले समाजमा भएका चेतनशिल नागरिकहरुले देशका लागी सामाजिक सद्भाव फैलाउने काममा लाग्नुपर्ने उहाको सुझाव छ । पुर्वकी सरस्वति सुब्बा र आफु स्वयम्ले भारतको नाकाबन्दिका बिरुद्धमा र जातिय आन्दोलनलाई मत्थर पार्नका लागी समाजमा सकारात्मक अभियानमा लागेको पनि जानकारी गराउनुभयो ।

साथै उहाँले सो कार्यमा सबैको सहयोग र साथको अपेक्षा गरेको समेत बताउनुभयो । रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उहालाई सम्मान पनि गरिएको थियो । क्लवका उपाध्यक्ष शुरेससुमन डागीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष बालाराम खड्काले गर्नुभएको थियो ।