२३ कार्तिक २०८३, सोमबार

जनता नाकाबन्दीको मारमा, नेताहरु भोज खान भारतीय दूतावासमा, को-को छन् ? (नामसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranjit-ray-Indian

– विमल योगी
काठमाडौं, २५ मंसिर । नेपालमाथि नाकाबन्दी लगाएर दुःख दिइरहेको भारतको नेपालस्थित लैनचौरमा रहेको राजदूतावासले विभिन्न पार्टीका नेताहरुलाई भोज खान (डिनरमा) बोलाएको खुलासा भएको छ ।

अहिले साढे १२ बजे लैनचौरमा भोज राखिएको स्रोतले जनाएको छ । जनता नाकाबन्दीको मारले खान नपाइरहेका बेला नेपालका नेताहरु भने लाइन लागेर भारतीय राजदूत रञ्जीत रेले दिएको भोज खान लैनचौर पुगेका हुन् ।

यसरी जानेमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, एमाओवादीबाट कृष्णबहादुर महरा, नेकपा एमालेबाट सुरेन्द्र पाण्डे रहेका छन् । कांग्रेसका सांसद अमरेशकुमार सिंह पनि लैनचौर पुगेका छन् । यसैगरी आन्दोलनरत मधेसी मोर्चा अधिकांश नेता तथा सांसद पनि भोज खान दूतावास पुगेको स्रोतले जनाएको छ । भोज खान नेपाली नेताहरु मात्रै दुई दर्जन भन्दा बढी लैनचौर पुगेका छन् ।

डिनरपछि भारतीय दूतवासमा  समसामयिक राजनीतिक परिस्थिती र नाकाबन्दी हटाउनेबारे छलफल हुने बताइएको छ ।