
काठमाडौं, २५ मंसिर । संविधान संशोधन प्रस्ताव हटाएपछि आक्रोशित बनेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आजको सदन अबरोध गर्ने कि नगर्ने विषयमा आन्तरिक छलफल गरेर धारणा सार्वजनिक गर्ने जनाएको छ ।
कांग्रेसको अवरोधपछि बिहीबारको बैठक आज (शुक्रबार) अपरान्ह ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा कांग्रेसले छलफलको तयारी गरेको छ ।
भूकम्पसम्बन्धी प्राधीकरण विधेयक मात्रै कार्यसूचीमा राखेपछि कांग्रेसले बिहीबारको सदन बैठक अबरोध गरेको थियो ।
कांग्रेसले संविधान संशोधनको प्रस्ताव पनि अगाडि बढाउनु पर्ने अडान राख्दै आएको छ ।
समावेशी र समानुपातिक प्रतिनिधित्व तथा जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नका लागि संशोधन प्रस्ताव आफ्नै सरकारका पालामा सदनमा दर्ता गराएको थियो ।
सो संशोधन प्रस्तावलाई अगाडि बढाउन प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादी तयार छन् ।












प्रतिक्रिया