२३ कार्तिक २०८३, सोमबार

मधेस आन्दोलन साम्य हुनासाथ नयाँ पार्टी घोषणा गर्छुः बाबुराम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattraiकास्की, २४ मङ्सिर । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्तिका अभियन्ता डा.बाबुराम भट्टराईले मधेस आन्दोलन साम्य हुनासाथ नयाँ पार्टी घोषणा गरेर अघि बढ्ने बताउनुभएको छ ।

पोखरामा आज आयोजित एक कार्यक्रममा उहाँले नयाँ शक्ति नयाँ विचारधाराका साथ अघि बढिरहेको उल्लेख गर्नु भयो ।

एमाओवादीले आफूलाई बद्नाम गराउन नयाँ शक्ति पुराना कार्यकर्ता भर्ना गर्ने थलो भएको आरोप लगाएको बताउँदै उहाँले आफूहरुले कोहीकसैलाई कर लगाएर पार्टीमा लाग्न आग्रह नगर्ने स्पष्ट पार्नुभयो ।

मधेसी जनताले आफ्नो अधिकारका लागि आन्दोलन गरिरहँदा भट्टराईले आन्दोलनलाई थप उर्जा दिएको भनेर भन्नु गलत भएको बताउँदै मधेसी, महिला, दलित, मुस्लिम अल्पसङ्ख्यकको पक्षमा आफू सदैव लागिपरेकाले त्यस्तो झुटो आरोप लगाएको उहाँको भनाइ थियो । रासस