२९ आश्विन २०८३, बिहिबार

अदालतले झिकायो मत पेटिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mat Petiकाठमाडौ, २२ असार । धाँधली भएको उजुरीमा सुनुवाइ गर्दै संविधानसभा अदालतले मोरङ ४ को मतपेटिका, मतपत्रलगायत सामग्री सर्वोच्चमा झिकाउने आदेश गरेको छ ।

न्यायाधीशत्रय कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला कार्कीको आइतबार बसेको इजलासले धाँधली भएको क्षेत्रको मतपेटिका, मतदाता नामावली र अर्धकट्टी मतपत्र झिकाउन जिल्ला निर्वाचन कार्यालय मोरङलाई आदेश गरेको हो ।

उक्त क्षेत्रमा एमाओवादीका शिवकुमार मण्डलले ९ हजार ३ सय ६० मत ल्याई विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गयानन्द मण्डलले जम्मा आठ मत कम भएका कारण हार बेहोर्नुपरेपछि धाँधली भएको भन्दै सर्वोच्चस्थित संविधानसभा अदालतमा गत मंसिर २० गते निवेदन दिएका थिए । कान्तिपुर दैनिकबाट