२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चासँग प्रधानमन्त्री कार्यालयमा वार्ता, नाकाबन्दी खोल्न पहल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २४ मंसिर । मधेसी आन्दोलन र नाकाबन्दी तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रमुख चार राजनीतिक शक्तिको बैठक बस्ने भएको छ ।

तीन बजेपछि सिंहदरबारमा एमाले, एमाओवादी तथा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठक बस्ने भएको हो ।

बैठकका लागि सम्पूर्ण तयारी भएको स्रोतले जनाएको छ । वार्तामा दलहरूले मधेसी मोर्चाका माग र नाकाबन्दी खोल्ने एवम् संविधान संशोधनका विषयमा छलफल गर्ने छन् ।