एजेन्सी । मानिसहरु शरीरमा लाग्ने खतरनाक रोग हो क्यान्सर ।
जसले ज्यानै लिने गर्छ । यसको उपचारका लागि गरिएको एक अनुसन्धानमा वैज्ञानिकहरुले हिल्दी (हलेदो)लाई छानेका छन् । उनीहरुले क्यान्सरको उपचारमा हल्दी बरदान सावित हुने दाबी गरेका छन् ।
भारतको राजीव गान्धी प्रौद्योगिकी विश्वविद्यालयले विभिन्न देश पुगेर गरेको अनुसन्धानमा हल्दीमा औषधीय गुण मिसाएर क्यान्सर निरोधी औषधी बनाउने दावी समेत गरेको छ । जसले ज्यानमारा क्यान्सरसँग प्रभावकारी ढंगबाट लड्नेछ । यो सफलतालाई क्यान्सरको उपचारमा क्रान्तिकारी खोज मानिएको छ ।
राजीव गान्धी प्रौद्योगिक विश्वविद्यालयका सहायक चान्सलर प्रोफेसर पीयूष त्रिवेदी र उनका छात्र डा. सी कार्तिकेयले विश्वविद्यालयले क्यान्सर निरोधी नयाँ औषधीको बनाउनका लागि अमेरिकासँग सहकार्य गर्ने तयारी भइरहेको बताए ।
उनले हल्दीमा क्यान्सरसँग लड्ने औषधीय गुण पाएको बताए । यो कुरा १० वर्षको अनुसन्धानपछि पत्ता लागेको हो । उनले हल्दीले क्यान्सरका कोशिकाहरु नष्ट गर्ने तर, शरीरका महत्वपूर्ण कोशिकाहरुलाई कुनै असर नगर्ने बताए । यो अनुसन्धान क्यानडाको टिमसँग मिलेर गरिएको थियो ।














प्रतिक्रिया