२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चाको बैठक तिनकुनेमा जारी, दिल्ली भ्रमणको गम्भीर समीक्षा हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २४ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारी पक्षसँगको वार्ता र आफ्नो नयाँदिल्ली भ्रमणका विषयमा छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसिरहेको छ ।

काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा जारी बैठकमा नयाँदिल्ली भ्रमणको समीक्षाका साथै आन्दोलनको स्वरुपका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तराई मधेस सद्भावना पार्टीका नेता रामनरेश राय यादवको सहभागिता रहेको छ ।