२३ कार्तिक २०८३, सोमबार

मन्त्रिरिषद बैठक बस्दै, नाकाबन्दी र आपूर्ति व्यवस्थामा छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-cabinet-1st-meetingकाठमाडौं, २४ मंसिर । मुलुकको पछिल्लो अवस्था र मन्त्रालयका नियमित विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।

सिंहदरबारमा साढे दशबजेपछि बस्ने बैठकमा मन्त्रालयहरूले पेश गर्ने आआफ्ना एजेन्डामा छलफल र निर्णय हुने बुझिएको छ ।

बैठकमा भारतीय नाकाबन्दी र त्यसले दैनिक जीवनमा पुराएको समस्याका विषयमा पनि छलफल हुनेछ ।

मधेसीमा जारी आन्दोलनले गरेको नोक्सानी र सुरक्षा व्यवस्थामा पनि छलफल हुने स्रोतले जनाएको छ ।

भारतीय नाकाबन्दीले इन्धन र दैनिक उपभोग्य सामाग्रीको अभाव हुँदै आएको छ ।