
काठमाडौं, २४ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो नयाँदिल्ली भ्रमणको समीक्षा गर्ने भएको छ ।
काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा आज बस्ने मोर्चाको बैठकमा नयाँदिल्ली भ्रमण र आन्दोलनका विषयमा छलफल हुनेछ ।
स्रोतका अनुसार सरकार र विपक्षी दलहरूसँग हुने वार्ताका विषयमा पनि परामर्श हुनेछ ।
चार दिनको नयाँदिल्ली बसाइपछि बुधबार मध्यराति काठमाडौं आइपुग्नु भएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले बैठकमा आफूहरूको भ्रमणका विषयमा समीक्षा गर्नु हुनेछ ।
बैठकमा सरकारसँगको वार्ता र आफूहरूले अगाडि सारेका मागलाई कसरी पूरा गराउने तथा दबावका कार्यक्रम कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल गर्ने बुझिएकोा छ ।
भारत भ्रमणमा रहेका बेला भारतीय नेता र सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरेका मधेसी मोर्चाले आन्दोलन तत्काल स्थगित नहुने सार्वजनिक रुपमा बताएका छन् ।












प्रतिक्रिया