२३ कार्तिक २०८३, सोमबार

जर्मन चान्सलर मार्केल बनिन् टाइम पर्सन अफ दि इयर, नरेन्द्र मोदीको नामै अटाएन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

angela-merkelकाठमाडौं, २३ मंसिर । जर्मन चान्सलर एन्गेला मार्केल टाइम पर्सन अफ दि इयर घोषित हुनुभएको छ ।

अमेरिकी पत्रिका टाइमले अन्तिम आठमा परेकाहरु विश्वका शक्तिशाली व्यक्तित्वहरु मध्येबाट मार्केललाई पर्सन अफ दि इयर घोषणा गरेको हो । टाइमले मार्केललाई युरोपकै शक्तिशाली नेता पनि छानेको छ ।

चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस)का प्रमुख अबु कबर अल बग्दादी उपविजेता बन्नुभएको छ । त्यसैगरी अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार बन्ने दौडमा रहेका डोनाल्ड ट्रम्प तेस्रो हुनुभएको छ ।

एक वर्षमा सकारात्मक वा नकारात्मक रुपमा प्रभावित गर्नेहरुलाई यो उपाधि दिइने गरिन्छ । गत वर्ष यो अवार्ड इबोलालाई प्रदान गरिएको थियो ।

यस वर्षको टाइम पर्सन अफ दि इयरको अन्तिम ८ भित्र अमेरिकी राष्ट्रपति बाराक ओबामा, चिनियाँ राष्ट्रपति सी जिनपिङ रुसका राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अटाएनन् ।