२३ कार्तिक २०८३, सोमबार

राणा भन्छन्- भूकम्प पीडित र मधेसका समस्या समाधान गर्न ओली सरकार असफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chand-Ranaकाठमाडौँ, २३ मङ्सिर । डेढ वर्षपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको दुवै पक्षका नेताहरु चावहिलस्थित केन्द्रीय कार्यालयमा उपस्थित भई कार्यक्रम गरेका छन् ।

राप्रपा र राष्ट्रिय जनशक्ति पार्टी एकताका समयमा भएको सहमति पालना नभएको भन्दै पूर्व प्रधानमन्त्री एवम् पार्टी नेता लोकेन्द्रबहादुर चन्दलगायतले समानान्तर पार्टीको काम गर्दै आउनुभएको थियो । आलोपालो प्रणालीबाट अध्यक्ष चलाउने सहमतिपछि दुई साताअघि विवाद मिलेको थियो । विवाद मिले पनि चन्द पक्ष कार्यालयमा गएको थिएन ।

पार्टी केन्द्रीय समितिले आज आयोजना गरेको तीन केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रममा दुवै पक्षका नेताहरु एकसाथ उपस्थित भई पार्टी एक भएको घोषणा गरेका छन् ।

कार्यक्रममा अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकमा मजबुत शक्तिको आवश्यकता भएकाले सबै राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताउनुभयो ।

“बहालवाला शक्तिले देशको हाँकलाई सामना गर्न नसकेकाले वैकल्पिक शक्तिका रुपमा राष्ट्रवादी शक्ति एक हुने समय आएको छ, यस्तो शक्तिले मात्र नाकाबन्दीबाट भएको पीडा कम गर्न सक्छ,”उहाँले भन्नुभयो ।

स्थानीय निकायको निर्वाचन गराउन गाउँगाउँबाट दबाब दिइनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । भूकम्प पीडित र मधेसका समस्या समाधान गर्न सरकार असफल भएको टिप्पणी अध्यक्ष राणाको थियो ।

कार्यक्रममा नेता चन्दले नेपाली जनता राष्ट्रियता र स्वाधीनताका लागि जस्तोसुकै कष्ट सहन तयार छन् भन्ने नाकाबन्दीबाट प्रमाणित भएको बताउनुभयो । “वर्तमान सङ्कटबाट पार पाउन नयाँ राजनीतिक शक्तिको आवश्यकता छ, राप्रपा एकढिक्का भई अब त्यो ठाउँ लिनुपर्छ, यसका लागि टाउको मात्र मिलेर हुन्न, हाम्रो मन पनि मिल्नुपर्छ,”उहाँले भन्नुभयो ।

महामन्त्री एवम् पार्टी संसदीय दलका नेता दीपक बोहराले वैकल्पिक राष्ट्र«वादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि राप्रपा नेपालसँग पनि एकीकरण गरिनुपर्ने बताउनुभयो ।

सो अवसरमा नव मनोनीत केन्द्रीय सदस्यत्रय दिलविकास राजभण्डारी, विन्देश्वर यादव र पदमबहादुर तामाङलाई अध्यक्ष राणाले शपथ ग्रहण गराउनुभएको थियो । रासस