२९ आश्विन २०८३, बिहिबार

न्यायाधिवक्ता र नासु घुस लिँदा रंगेहात पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa

काठमाडौँ, २२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता रामकुमार थापा र नायबसुब्बा केदारप्रसाद अर्याललाई रु २५ हजार घुस लिँदालिँदै आफ्नै कार्यालयबाट आइतबार  रंगेहात पक्राउ गरेको छ ।

चोरी मुद्दामा पक्राउ परी महानगरीय प्रहरी परिसर, हनुमानढोकामा थुनामा रहेका उत्तम खड्काको मुद्दा मिलाइदिने भन्दै अभियुक्तद्वयले उक्त रकम लिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । अभियुक्तहरूलाई आयोगको हिरासतमा राखेर थप अनुसन्धान थालिएको छ । रासस