काठमाडौं, २३ मंसिर । चितवनमा सम्पन्न नेकपा एमालेको राष्ट्रिय भेलाले आफ्ना नेतालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ ।
पूर्वाग्रही ढंगबाट अख्तियारले आफ्ना नेताहरुलाई पत्र काटेको ठहर गर्दै एमालेले बयानका लागि भने पठाउने निर्णय गरेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो- ‘उहाँहरु वयानका लागि अख्तियार जानुहुन्छ र आफ्ना कुरा राख्नुहुन्छ । यदि गलत छ भने पनि प्रतिवाद गर्छाै ।’ अहिलेको समयमा अख्तियारको कदम प्रतिशोध साँध्न खोजिएको जस्तो देखिएको एमाले सचिव ज्ञवालीको भनाई छ ।
केही दिनअगाडि मात्रै अख्तियारले पूर्वमन्त्री, सांसद, सचिवहरु लगायतका २९ जनाका नाममा पत्र काटेर बयानका लागि बोलाएको थियो । एमालेका पूर्वमन्त्री एवं सांसद सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, वंशीधर मिश्र, इच्छाराज तामाङ, जर्नादन ढकाल र विजय पौडेललाई पनि अख्तियारले पत्र काटेको छ ।
एमालेको भेलाले अख्तियारको कदममा असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत ध्यानाकर्षण गराएको थियो ।













प्रतिक्रिया