२३ कार्तिक २०८३, सोमबार

ट्रान्सफर्मर पड्किँदा मकवानपुरमा विहानै दुई जनाको मृत्यु, १५ सर्वसाधारण घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

makawanpur_districtमकवानपुर, २३ मंसिर । मकवानपुरमा विद्युत ट्रान्सफर्मर पड्कँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार विहान हाँडीखोलमा रहेको ट्रान्सफर्मर पड्केर तीन मसिने गाउँभरी करेन्ट फैलिदा घरमा बसिरहेका हाँडीखोला चार बस्ने १७ वर्षकी शर्मिला र अन्दाजी ६० वर्षकी ठूलीमाया मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते अवस्थामा उपचारका लागि ल्याइएका सात जना मध्ये शर्मिला र ठूलीमायाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गाउँमा अन्य धेरै घाइते परेका छन् । अहिलेसम्म १५ जना घाइते पाइएको छ ।