२९ आश्विन २०८३, बिहिबार

हिउँदमा विहानको घाम ताप्दा हुने मुख्य पाँच फाइदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sungazing-1-650x433

एजेन्सी । रुघाखोकीबाट बच्न विहानको उदाउदो सूर्यको घाम एकदमै फाइदाजनक हुन्छ र राहत दिन्छ ।

विहानै खुल्ला शरीर लिएर १० मिनेटसम्म सूर्यको किरणमा बस्दा अथवा घाम ताप्दा पाँच वटा मुख्य फाइदा हुन्छ ।

यस्ता छन् घाम तप्दा हुने मुख्य पाँच फाइदाः

१) रुघाखोकीबाट बच्न सूर्यलाई जीवनदाता मानिँदै आइएको छ, वैज्ञानिक दृष्टीकोणले पनि सूर्यको विहानको किरण शरीरका लागि विभिन्न किसिमबाट फाइदाजनक हुन्छ र रोग-निवारक गर्छ । विशेषगरी रुघाखोकीका लागि विहानको घाम एकदमै फाइदाजनक र राहत दिने खालको हुन्छ ।

२) रुघाखोकीको मौसममा विहानको घाम ताप्दा ठूलो फाइदा यो हो कि यसले चिसो मौसममा शरीरलाई तातो बनाउँछ र रुघाखोकीबाट हुने समस्याबाट बचाउँछ । घाम तापिसकेपछि त्यो दिन तपाईको कार्यक्षमता बढ्छ र शरीर जागरिलो र स्फूर्ती आउँछ ।

३) विहानै ताजा धाम ताप्दा भरपूर मात्रामा भिटामिन डी प्राप्त हुन्छ । जसले हरीरका हड्डीहरुको विकास ठीकसँग हुन्छ र बोलियो बनाउँछ । यसको साथै घुँडाको दुःखाई र चिसोका कारण हुने शारीरिक दुःखाईमा पनि आराम मिल्छ ।

४) शरीरका कुनै पनि भागमा हुने फंगल इंफेक्शन(दाँद, घाउ) निको पार्न विहानैको ताजा घाम ताप्नु एकदमै लाभकारी हुन्छ । यसका साथै छालाका कारण हुने कीटाणुहरुको संक्रमणबाट बचाउन पनि घाम ताप्नपर्दछ ।

५) विहानै घाम ताप्दा शरीरमा रगत जम्ने प्रक्रिया रोकिन्छ र रक्तसञ्चार राम्रो हुन्छ । साथै डाइबिटीज र हृदय सम्बन्धी रोगहरुमा पनि ताजा घाम ताप्नु फाइदाजनक हुन्छ ।

ध्यान राख्नुस् :

ध्यान राख्नुस् पसीना आइसकेपछि घाममा बस्नुहुँदैन् । यसका साथै दिउँसोपछि सूर्यको किरणमा बस्नुको त्यती महत्व हुँदैन् । वर्षातको समयमा घामले हानी गर्नसक्छ, अतः त्यस्तो घामबाट बच्नुस् । साथै दिउँसो १२ देखिलिएर ३ बजेसम्म घाम सिधा टाउको पर्नुहुँदैन् । केवल विहानको कोमल, ताजा घाम नै स्वास्थ्यका लागि राम्रो हुन्छ ।