काठमाडौं, २२ असार । सोलुखुम्बु जिल्लाको सोताङ् गाविस ६ धोद्रेमा अक्सिजन सिलिण्डर पड्किंदा दुई जनाको मृत्यु भएको छ ।
पर्यटकको भरियाका रुपमा काम गर्दै आएका स्थानीय भुवन सिंह राईको घरमा राखिएको सिलिण्डर पड्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।
मृत्यु हुनेमा भुवन सिंह राईका ८ वर्षीय छोरा शक्ति राई र छिमेकी चमारे तामाङ्की श्रीमती २६ वर्षिया पिडिली तामाङ् छन् । अन्य दुई जना घाइते भएका छन् ।
भुवनको घरमा डोको पु¥याउन गएका छिमेकी चमारे तामाङ्ले आंगन बाहिर राखेको सिलिण्डरमा लागेको लेउ खुकुरीले खुर्किन खोज्दा सिलिण्डर पड्किएको थियो । दुर्घटनामा चमारे र मिङ्मार तामाङ सख्त घाईते भएका छन् ।
















प्रतिक्रिया