काठमाडौँ, २२ असार । नेकपा एमालेको राजधानीमा जारी नवौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व छनोट गर्ने चर्चा चलिरहेका बेला बन्दसत्रमा समूहगत छलफलका लागि टोली नेता र उपनेता छान्न समेत निर्वाचन गर्नुपर्ने अवस्था आएको छ ।
यसरी समूहगत छलफलका लागि टोली नेता र उपनेता छान्नका लागि समेत निर्वाचन गर्नुपर्ने अवस्था आए पछि नेतृत्व सर्वसम्मत रुपमा छनोट हुने संभावना न्यून हुँदै गएको छ । बन्दसत्रमा प्रस्तुत राजनीतिक अन्य दस्तावेजहरुमाथि छलफल गर्नका लागि भूगोलका १४ सहित १९ अञ्चलका समूह बनाएइएको छ ।
ती अधिकांश समूहमा टोली नेता र उपनेता छान्न अध्यक्षका प्रत्यासीद्वय वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली पक्षबीच सहमति हुन नसके पछि निर्वाचन नै गर्नुपर्ने अवस्था आएको हो । यसैवीच शीर्ष नेताहरु भने सर्वसहमतिमा नेतृत्व छनोट गर्ने प्रयासमा लागि परेका छन् ।
















प्रतिक्रिया