२३ कार्तिक २०८३, सोमबार

संविधान बुझाउन कांग्रेस नेताहरू पहाडी जिल्ला लागे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra-Poudelकाठमाडौं, २२ मंसिर । नेपालको संविधानका विषयमा जनतालाई बुझाउन नेपाली कांग्रेसले थालेको अभियान म्याग्दी जिल्ला पुगेको छ । बागलुङमा सोमबारबाट थालिएको अभियानलाई मुलुकभरि सञ्चालन गरिनेछ ।

अभियानको नेतृत्व गरेर कांग्रेस उपसभापति रामचन्द्र पौडेल आफै हिँड्नु भएको हो । संविधानका बारेमा म्याग्दीमा आज हुने कार्यक्रममा उपसभापति पौडेलले जानकारी गराउनु हुनेछ ।

उपसभापति पौडेलसँग सांसदहरू प्रकाश पौडेल, शारदा पौडेल, रेशम बानियाँका साथै पूर्व केन्द्रीय सदस्य शुक्रराज शर्मापनि रहनुभएको छ ।

संविधानका विषयमा जनतालाई स्पष्ट रुपमा जानकारी गराउन नसक्दा तराई मधेसका जिल्लाहरूमा आन्दोलन चर्केको छ ।

कांग्रेसले संविधानका विषयमा आफ्ना नेता तथा कार्यकर्ताहरूलाई जानकारी गराउन तराई मधेसका जिल्लाहरूमा पनि अभियान गर्ने उल्लेख गरेको छ ।

संविधानका विषयमा बुझाउन सरकारले पनि सोमबारबाट अभियान थालेको छ । अभियानलाई सबै गाविस र नगरपालिकाहरूमा पुगाइनेछ ।

उता, एमालेले पनि तराई मधेसका आफ्ना सांसद र नेताहरूसँग पनि सोही विषयमा चितवनमा छलफल गरेको छ । एमालेको भेला आज चितवनमा सक्किनेछ ।