३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा ठकुरीलाई दश खेलमा दशौ पटक पदक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ujjawal 1– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका नेपाली मुलका उज्ज्वल ठकुरीले दश खेलमा दशौँ पटक पदक हासिल गरी एक नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् ।

छ महिना अगाडि १० खेल खेल्ने र १० वटा पदक जित्ने सपना बोकेर हिँडेका ठकुरीले गत डिसेम्बर ६ तारिख १० औँ प्रतिस्पर्धामा भाग ल्इिई १० औँ प्रतियोगितामा समेत पदक प्राप्त गर्न सफल भएका छन् ।

प्रथम हुने अभिलाषासहित प्रतियोगितामा उत्रेका ठकुरी १० औँ प्रतिस्पधा्रमा दोश्रो स्थानमा चित्त बुझाउनु परेको थियो ।
आफूभन्दा प्रतिस्पर्धा रामो पनि लागेको ठकुरीले बताए । किङ्ग अफ द हिल डिएमभी स्पोर्ट कराते लिग पोटोम्याक मेरीलेन्डमा भएको खुल्ला तौल प्रतिस्पर्धामा भुतपूर्व शितेरियो खेलाडीले उज्ज्वल ठकुरीले आफूले बोलेको पुराएकोमा हर्षित लागेको बताए ।

ठकुरीले दश खेलमा दश जितेपछि अझ देशको लागि खेल्दै र नेपाल र नेपालीलाई चिनाउने गरि १० वटा छुट्टा छुट्टै राज्यमा १० खेल खेल्ने योजना समेत रहेको बताए ।

u 2उनले अहिले सम्म ४ वटा राज्यहरुमा आयोजित प्रतियोगितामा भाग लिइ सकेका छन् ।

४० वर्ष नाघीसकेका ठकुरीले ६ स्वर्ण, ३ रजत तथा १ कास्य पदक गरी ६ महिनामा १० पदक जित्ने सम्भवत अमेरिकामा नेपाली मुलका पहिला खेलाडी बन्न पुगेका छन् ।