२९ आश्विन २०८३, बिहिबार

महाधिवेशनमा आठ सय चस्मा निःशुल्क वितरण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chasma Eye Glassesकाठमाडौं, २२ असार । नेकपा (एमाले) को चालु नवौँ राष्ट्रिय महाधिवेशनमा राखिएको ‘निःशुल्क स्वास्थ्य शिविर’ मा शीर्ष नेता, महाधिवेशन प्रतिनिधि, सुरक्षाकर्मी र स्वयम्सेवकले स्वास्थ्य सेवा लिएका छन् ।

एमाले महाधिवेशनस्थल भृकुटीमण्डपमा पार्टीको स्वास्थ्य उपसमितिद्वारा स्थापित सो शिविरमा कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, कृषिमन्त्री हरि पराजुली, पोलिटब्युरो सदस्य रघुजी पन्त, नेता बेदुराम भुसाललगायतले आज स्वास्थ्य सेवा लिएका हुन् ।

पार्टी उपाध्यक्षसमेत रहेका कार्यवाहक प्रधानमन्त्री गौतम र नेता पन्तले रक्तचाप (ब्लड प्रेसर) परीक्षण, परराष्ट्रमन्त्री पाण्डे, कृषिमन्त्री पराजुली र नेता भुसालले आँखा पनि परीक्षण गराए ।

स्वास्थ्य शिवरमा आँखा, दन्त, मुटु (इको र इसिजी), मधुमेह, अर्थो (हाड जोर्नी), जनरल (सामान्य सबै) सेवाका साथै औषधिसमेत निःशुल्क प्रदान गरिएको छ ।

महाधिवेशन प्रतिनिधि, सुरक्षाकर्मी र स्वयम्सेवकले महाधिवेशनस्थलमा दिइएको स्वास्थ्य सेवा प्रभावकारी भएको बताएका छन् ।

स्वास्थ्य उपसमितिका इन्चार्ज योगेश भट्टराईले महाधिवेशनमा आएका सबैलाई आवश्यक स्वास्थ्य सेवा दिने उद्देश्यबाट स्वास्थ्य शिविर सञ्चालन गरेको र हालसम्म करिब दुई हजार ५ सय व्यक्तिले स्वास्थ्य सेवा लिइसकेको जानकारी दिए ।

उनका अनुसार आँखा उपचारपछि ८ सय वटा चस्मासमेत निःशुल्क वितरण गरिएको छ ।