२९ आश्विन २०८३, बिहिबार

धुलिखेल अस्पताललाई पाँच करोड अनुदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhulikhel-hospital

काठमाडौँ, २२ असार । भारत सरकारले धुलिखेल अस्पतालको भवन निर्माणका लागि रु पाँच करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा आइतवार धुलिखेल नगरपालिका, उक्त अस्पताल र यहाँस्थित भारतीय राजदूतावासबीच त्रिपक्षीय सम्झौता भएको छ ।

उक्त राजदूतावासका अनुसार पर्याप्त भौतिक पूर्वाधारको अभावमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताललाई कठिनाइ परिरहेकाले भारतले भवन निर्माणमा सघाउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । नयाँ निर्माण हुने संरचनाबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक जिल्लाका साथै आसपास २५ लाख बढी जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पुग्नेछ ।

नेपाल सरकारको नीति नियमअनुसार कार्यान्वयन गरिने उक्त परियोजनाको गुणस्तर परीक्षण समयमै पूरा गर्ने, सामुदायिक सहभागिता सुनिश्चित गर्ने लगायतका विषयको अनुगमन गर्न नगरपालिकाका प्रतिनिधि तथा अन्य सरोकारवाला निकाय सम्मिलित एक अनुगमन समितिसमेत गठन गरिएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।