३१ आश्विन २०८३, शनिबार

सदन खोल्न मधेसी नेताहरुसँग तीन दलका शीर्ष नेताको छलफल संसद भवनमा चल्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, २१ मंसिर । व्यवस्थापिका संसदको अवरोध हटाउन प्रतिपक्षी कांग्रेससहित प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाका नेताहरुबीच अहिले संसद भवनमा छलफल भइरहेको छ ।

संसद भवन नयाँ वानेश्वरमा चलिरहेको छलफलमा प्रमुख दलका शीर्ष नेता र मधेसी मोर्चामा आवद्ध दलका नेताहरुसहभागी छन् । सदनको बैठक आज बिहान ११ बजेका लागि बोलाइए पनि छलफल जारी रहेका कारण सदनको कारवाही सुरु हुन सकेको छैन ।

यसैबीच लामो समयदेखि अवरुद्ध रहेको व्यवस्थापिका–संसद्को बैठक खुलाउने विषयमा आजै विहान प्रमुख दलका शीर्षनेताहरुबीच छलफल भएको छ ।

सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा मधेसी मोर्चालाई पनि विश्वासमा लिएर सदन खुलाउने विषयमा छलफल भएको बताइएको छ ।

सभामुखका निजी सचिव सुरजकुमार दुराले प्रमुख दलका शीर्षनेताहरुबीच सदन खुलाउने विषयमा छलफल भएको जानकारी दिनुभयो । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट नेता महेश आचार्य र प्रमुख सचेतक चीनकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।