
काठमाडौं, २१ मंसिर । तराई मधेसमा आन्दोलन चलिरहेका बेला प्रमुख सत्तारुढ दल एमालेले आफ्ना तराई मधेसका सांसदहरूको भेला चितवनमा बोलाएको छ ।
एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीले भेलाको उद्घाटन गर्नु हुनेछ । उद्घाटनका लागि एमालेले विशेष तयारी गरिसकेको जनाएको छ ।
भेलालाई लिएर एमालेको शीर्ष नेताहरू चितवन पुगिसकेका छन् । त्यसै गरी एमालेका तराई मधेसका सांसदहरू पनि चितवनमा भेला भएको जनाइएको छ ।
चितवन भेलाबाट एमालेले तराई मधेसको आन्दोलन र आफ्नो पार्टीको भावी योजना बनाउनेछ ।












प्रतिक्रिया