
काठमाडौं, २१ मंसिर । विभिन्न माग राखेर सदन अवरोध गर्दै आएका थारु र मधेसी दलका सांसदहरूले व्यवस्थापिका संसदको आजको बैठक पनि अबरोध गर्ने भएका छन् ।
तराई मधेसको आन्दोलन र मागलाई लिएर सदन अबरोध गर्दै आएका मधेसी र थारुको घेराउनले सदनको बैठक लगातार अबरुद्ध हुँदै आएको छ ।
थारु र मधेसीले सीमाङ्कनका विषयमा उठाएको मागलाई सम्बोधन नहुँदासम्म सदन खुल्न नदिने मधेसी मोर्चाले जनाएको छ ।
यसअघि पनि संसदको बैठक पटक पटक अबरोध भइसकेको छ ।












प्रतिक्रिया