काठमाडौं, २१ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको सांगठनिक विषयमा छलफल गर्न सत्तारुढ दल एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।
पार्टी मुख्यालय कोटेश्वरस्थित पेरिसडाँडामा आज बस्ने बैठकमा धारणा राख्ने सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा टिप्पणी गर्ने छन् ।
अध्यक्ष दाहालको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्दै आएका छन् । बोल्नका लागि धेरै केन्द्रीय सदस्यहरूले नाम टिपाएकाले एमाओवादीको बैठक लम्बिएको हो ।
बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखी सकेपछि अध्यक्ष दाहालले जवाफ दिनु हुनेछ ।












प्रतिक्रिया