भैरहवा, २० मंसिर । रुपन्देहीको नेपाल-भारत सीमा नाका बेलहियामा धर्ना दिन आएका मधेसी मोर्चाका नेता कार्यकर्तालाई भारतीय प्रहरीले लखेटेको छ ।
सुरक्षा खतरालाई मध्यनजर गर्दै बेलहियामा बस्न लागेका आन्दोलनकारीलाई भारतीय प्रहरीले लखेटेको हो । उनीहरु सीमा अवरोध गर्न भारतीय भूमि पुगेका थिए । तर, भारतीय प्रहरीले लखेटेपछि नेपालतर्फको भुमिमा आएका थिए । लगत्तै नेपाल प्रहरीको एक टोलीले उनीहरुलाई लखेट्यो भने चार नेतासहित ६ जनालाई पक्राउ गर्यो ।
पक्राउ पर्नेमा संघीय समाजवादी फोरम नेपालका रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय वर्मा, सदभावना राजेन्द्र महतो पक्षका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव (गुल्जारी) र तमसपाका रुपन्देही जिल्ला अध्यक्ष श्रीनिवास यादव रहेका छन् ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी बुद्धि गुरुङका अनुसार धर्ना दिन बसेका कार्यकर्ताहरु गणेश पाल र राजकुमार सिंह पनि पक्राउ परेका छन् ।
भारतका कतिपय जिल्लाहरुमा भईरहेको स्थानीय निर्वाचनको कारण देखाउंदै मोर्चाका नेता तथा कार्यकर्तालाई भारतीय भूमिमा रहेर अवरोध गर्न नदिईएको स्रोतले जनाएको छ ।













प्रतिक्रिया