जाजरकोट, २२ असार । भारतको हिमाञ्चल प्रदेशअन्तर्गत किनोर जिल्लाको भावानगरस्थित पान्नीखोलामा पर्खाल भत्किँदा चार नेपाली मजदुरको पुरिएर मृत्यु भएको छ ।
विद्युत् पावरहाउसको माथिल्लो भागको पर्खाल भत्किँदा जाजरकोट डाँडागाउँ–३ चिउरीका २२ वर्षीय पृथ्वी चनारा र १९ वर्षीय मनबहादुर चनारा असार १९ गने मृत अवस्थामा फेला परेका थिए भने शनिबार थप दुईजनाको शव फेला परेको हो । १७ वर्षीय कविराज चनारा र १८ वर्षीय ज्वाला चनाराको शव शनिबार फेला परेको हो ।
पावरहाउसको जग पुर्ने क्रममा माथि सडक भत्किएपछि एक्कासि आएको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको प्रत्यक्षदर्शी परवीर चनाराले बताए ।
मृतकहरू एउटै गाउँका दाजुभाइ हुन् र उनीहरू भारतको आस्था कम्पनीमार्फत गत जेठको पहिलो सातादेखि विद्युत् पावरहाउसमा मजदुरी गर्दै आएका थिए । रासस















प्रतिक्रिया