३० आश्विन २०८३, शुक्रबार

एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरले नेपालीको लगत सङ्कलन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nrn-America-Chaptor (3)

क्यालिफोर्निया । एनआरएन क्यालिफोर्निया च्याप्टरले भावी योजनाका साथै यस क्षेत्रमा रहेका अन्य सङ्घ-संस्थाहरुसंग समन्वय गर्दै प्रभावकारी रूपमा कार्य सञ्चालन गर्न आफ्नो बैठक आयोजना गरी सुझावहरू सङ्कलन गर्ने कार्य गरेको छ ।

भारतीय नाकाबन्दीकोविरुद्ध आयोजना गरिएको र्याली सफल पार्न भूमिका खेल्ने सम्पूर्ण सङ्घ-संस्था तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । छोटो तयारीका बाबजुद अमेरिकामा नेपाली कार्यरत रहने तथा सञ्चालन गरिने ब्यबसायहरुमा व्यस्त दिनको रूपमा चिनिने शुक्रवार समेत सयौँको सङ्ख्यामा नेपालीहरूको उपस्थित भई शान्तीपुर्वक कार्यक्रम सफल पार्न सफल भएको खुसी व्यक्त गरेको छ ।

Nrn-America-Chaptor (1)

सहभागीबाट एनआरएन अमेरिकाले यस क्षेत्रमा रहेका नेपालीहरूको लगत सङ्कलन गर्नु पर्ने, संस्थालाई नेपाली राजनीतिको परिद्रिस्यबाट अलग राख्नु पर्ने, संस्थामा आउँ भन्दा मलाइ सदस्यता दिनुस भन्ने वातावरण बनाउनु पर्ने, च्याप्टरले आफ्नो हितको लागि केन्द्रसंग समन्वय गरी अत्याबस्यक कार्यहरू तत्काल सम्पन्न गर्नु पर्ने, एनआरएन भनेको अमेरिकी नागरिक तथा ग्रीन कार्ड भएकाहरुले मात्र लिन सक्ने भन्ने धारणा भएको हुँदा नेपाल बाहिर दुई वर्ष भन्दा बढी बसी अन्य प्रावधान पुरा गरेकाले सदस्यता पाउन सक्छन् भने प्रचार गर्नु पर्ने, एनआरएन केन्द्र र च्याप्टरले स्थानीय रूपमा रहेका सङ्घ-संस्थाहरूको समानान्तर संस्थाको रूपमा आफूलाई परिचित नगराई सहयात्री संस्थाको रूपमा लैजानुपर्ने जस्ता सुझावहरू आएका थिए ।

Nrn-America-Chaptor (2)

अध्यक्ष पूर्ण बानियाँले भर्खरै नयाँ अवधारणाका साथ गठन भएको च्याप्टरले सबैको सर-सल्लाहा तथा सुझावहरुबाट आएका सुझावहरू उपर मनन गर्दै प्रथमत क्यालिफोर्नियामा के कति नेपालीहरू बसोबास गर्दचन सो को लगत लिने काम गर्नुका साथै अन्य रचनात्मक कार्य गर्दै लैजाने बताउनुभयो ।