
काठमाडौं, २० मंसिर । तराई मधेसमा आन्दोलन गरिरहेका मधेसी र थारु आन्दोलन सम्बोधन गर्न माग गर्दै मधेसी मोर्चा र थारु सांसदहरूले आज पनि संसदको बैठक अबरोध गर्ने भएका छन् ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्ने दिउँसो एक बजेपछि बस्ने बैठकमा मधेसी मोर्चाका सांसदहरूले अबरोध गर्ने भएका हुन् ।
संघीय समाजवादी फोरम नेपालका मुख्य सचेतक शिवजी यादवले आजको संसद बैठक पनि अबरोध गर्ने जानकारी दिनुभयो ।
उहाँले मधेसी र थारुका मागप्रति सरकार गम्भीर नभएकाले संसद अबरुद्ध गर्नु परेको बताउनुभयो । ‘सरकार वार्ताका लागि गम्भीर नै छैन’, उहाँले भन्नुभयो, ‘सहमति र सहकार्यको संस्कार यो सरकारले भुलेको छ ।’
लगातार संसद बैठक अबरोध गर्दै आएको मधेसी मोर्चाले तराई मधेसको आन्दोनल सम्बोधन नहुँदासम्म सदन अबरोध गर्ने जनाएको छ ।
मधेसी मोर्चाको संसद अबरोधको कार्यलाई थारु सांसदहरूले पनि साथ दिएका छन् ।












प्रतिक्रिया