२३ कार्तिक २०८३, सोमबार

बिहानै मधेसी मोर्चाका दुई शीर्ष नेता यादव र ठाकुर नयाँदिल्ली प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra Yadav & Mahanta Thakurकाठमाडौं, २० मंसिर । नेपालको पछिल्लो राजनीतिक अवस्था र मधेस आन्दोलनका विषयमा भारतीय पक्षसँग छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दुई ठूला नेताहरू आज (आइतबार) बिहानै नयाँदिल्ली प्रस्थान गरेका छन् ।

नयाँदिल्ली प्रस्थान गर्नेमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर रहनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै अध्यक्षद्वय यादव र ठाकुर आज बिहान आठ बजेको उडानबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।

नयाँदिल्लीबाट मधेसी मोर्चाका नेताहरू आगामी बुधबार फिर्ता हुने कार्यक्रम रहेको संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले जानकारी दिनुभयो ।

यसअघि शनिबार बिहारको पटना हुँदै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव नयाँदिल्ली पुगीसक्नु भएको छ । महतो र राय शनिबार राति नयाँदिल्ली पुग्नु भएको हो ।

नयाँदिल्ली भ्रमणका क्रममा आजैदेखि मधेसी मोर्चाका नेताहरूले राजनीतिक भेटघाट गर्ने छन् । उनीहरूले मधेस आन्दोलन र नाकाबन्दीका विषयमा पनि छलफल गर्ने तथा भावी योजना बनाउने बुझिएको छ ।

चार दिने भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बिदेशमन्त्री सुष्मा स्वराज, मोदीका सुरक्षा सल्लाहकार अजित डोबललगायत विभिन्न राजनीतिक दलका नेता र उच्च कर्मचारीहरूसँग भेटवार्ता गर्ने बुझिएको छ ।