६ कार्तिक २०८३, शुक्रबार

चीनबाट इन्धन ल्याउन पहल भएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chaina_163079609काठमाडौं, २० मंसिर । नेपाल आयल निगमका कार्यकारीनिर्देशक गोपाल खड्काले चीनबाट इन्धन ल्याउने विषयमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरमा कुनै पहल नगरेको बताएका छन् ।

अन्नपूर्ण पोस्ट्द्वारा शनिबार आयोजित अन्तरक्रियामा खड्काले मन्त्रालयले उच्चस्तरमा पहल र चासो नदेखाएका कारण चीनबाट इन्धन ल्याउने योजना सेलाउँदै गएको पनि बताए ।

चिनियाँ पक्षले इन्धन आपूर्तिका लागि नेपालका तर्फबाट उच्चस्तरमा पहल होस् भन्ने चाहना राखे पनि वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पहल नहुँदा समस्या भएको हो ।

खड्काले निगमको एक्लो प्रयास र पहलबाट चीनबाट इन्धन ल्याउनसक्ने अवस्था नभएकाले मन्त्रालयबाटै औपचारिक रूपमा गम्भीरतापूर्वक पहल गर्नुपर्ने सुझाव पनि दिए ।

‘म आफैं पनि द्विपक्षीय सम्झौताका क्रममा गएको थिएँ’, खड्काले भने, ‘तर पनि अहिलेसम्म उताबाट आउने स्थिति देखिएन । मन्त्रालयको हाई लेभलको डेलिगेसन चीन पुगेर गम्भीरतापूर्वक पहल र चासो नराखेसम्म इन्धन भित्र्याउन सजिलो छैन ।’

उनका अनुसार अहिलेसम्म चीन सरकारको स्वामित्व भएको चाइना नेसनल युनाइटेड आयल कर्पोरेसन (पेट्रो चाइना)सँग मात्रै द्विपक्षीय सम्झौता ९एमओयू० सम्पन्न भएको छ । उनले भने, ‘इन्धनको चर्को अभाव भइरहेको अवस्थामा मन्त्रालयबाट औपचारिक रूपमा हुनुपर्ने पहल, वार्ता र छलफल अहिलेसम्म भएकै छैन । त्यो नगरेसम्म चीनबाट इन्धन आपूर्ति गर्न कठिन छ ।’

सन् २०१७ सम्म इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग मात्रै इन्धन खरिद गर्नुपर्ने बाध्यकारी व्यवस्था भए पनि विकल्पका रूपमा कुल खपतको ३३ प्रतिशत चीनबाट ल्याउन निगम आफैं अग्रसर भएको जानकारी गराउँदै खड्काले मन्त्रीस्तरबाट इन्धनको मूल्य र कर छूटका विषयमा ठोस पहल हुन नसक्दा इन्धन ल्याउने योजना सुस्त बन्दै गएको बताए ।