काठमाडौं, २० मंसिर । कुनै पनि अपराधमा संलग्न नभएकालाई प्रहरीले चालचलन प्रमाणपत्र (पुलिस रिपोर्ट) दिनुपर्ने हो ।
तर, नीतिगत त्रुटिका कारण गम्भीर अपराधमा संलग्नले समेत प्रहरी रिपोर्ट पाउने गरेका छन् ।
प्रहरीले दायर गर्ने फौजदारी मुद्दालाई मात्र आधार बनाएर पुलिस रिपोर्ट दिने गरिएको छ ।
वन्यजन्तुको तस्करी, अवैध मुद्राको कारोबार, राजस्व छली, सम्पत्ति सुद्धीकरण, भ्रष्टाचार, वैदेशिक रोजगार ठगीजस्ता गम्भीर मुद्दामा संलग्नहरुले भने सजिलै पुलिस रिपोर्ट पाउने गरेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
यो त्रुटिको फाइदा ठूला अपराधीलाई भइरहेको छ । खासगरी अध्ययन र वैदेशिक रोजगारीका लागि विदेश जानेका लािग प्रहरी रिपोर्ट अनिवार्यजस्तै बनेको छ ।















प्रतिक्रिया