३१ आश्विन २०८३, शनिबार

बालुवाटारमा त्रिपक्षीय वार्ता सुरु, को-को शीर्ष नेताहरु सहभागी भए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १९ मंसिर । सरकार, प्रतिपक्षी दल कांग्रेस र मधेसी मोर्चाबीचको त्रिपक्षीय वार्ता बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ सात बजे बोलाइएको वार्ता झण्डै आधाधण्टा ढिला सुरु भएको हो । वार्तामा सत्तारुढ दल, प्रतिपक्षी कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागी भएका छन् ।

आजको वार्तामा मधेस आन्दोलनको माग सम्बोधनका लागि हिजो प्रमुख दलले बनाएको साझा धारणा प्रस्तुत गरिने र मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास गरिनेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष लक्ष्मणलाल कर्ण, तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवको उपस्थिती रहेको छ ।

यसैगरी कांग्रेसबाट नेताहरु प्रकाशमान सिंह, रमेश लेखक, माआवादीबाट नारायणकाजी श्रेष्ठ सहभागी भएका छन् । बैठक प्रधानमन्त्रीको निजी सचिवालयमा सुरु भएको छ । जहाँ मन्त्रिपरिषद बैठक बस्ने गर्छ ।

Meeting-Baluwatar Baluwatar Meeting-Baluwatar-5 Meeting-Baluwatar-4 Meeting-Baluwatar-3 Meeting-Baluwatar-2 Meeting-Baluwatar-1