क्यालिफोर्निया । भारतीय नाकाबन्दीको विरोधमा अमेरिकाको सान फ्रान्सिस्कोमा बस्दै आएका नेपालीहरुले शनिबार प्रदर्शन गरेका छन् ।
‘नाकाबन्दी हटाउ, पारवाहन अधिकार हनन नगर’ लगायतका नारा लगाउँदै नेपालीहरुले सान फ्रान्सिस्कोमा राष्ट्रिय झण्डासहित प्रदर्शन गरे । प्रदर्शनमा भारतीय हस्तक्षेप रोक्न र नाकाबन्दी हटाउन माग गरिएको थियो ।
नेपालमा भारतले अघोषित नाकाबन्दी लगाएपछि विभिन्न देशमा बस्दै आएका नेपालीहरुले त्यसको विरोधमा प्रदर्शन गर्दै आएका छन् ।

















प्रतिक्रिया