२३ कार्तिक २०८३, सोमबार

सत्तारुढ दल, कांग्रेस र मधेसी मोर्चाबीच साँझ ७ बजे वार्ता हुने, मोर्चाका नेता सहभागी हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-niwas-baluwatarकाठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ७ बजे त्रिपक्षीय वार्ता बोलाउनुभएको छ ।

मधेसवादी दलका नेताहरु नेताहरु दिल्ली जानुभन्दा पहिला प्रतिपक्षी कांग्रेस, सत्तारुढ दल र आन्दोलनरत मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजे वार्ता हुन लागेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार आजको वार्तामा मधेसी मोर्चाका नेताहरुले सहभागी हुने बताएका छन् । आजको वार्तामा हिजो तीन दलले तयार पारेको तीन बुँदे साँझा धारणा प्रस्तुत गरिनेछ । र मोर्चालाई सहमतिमा ल्याउने प्रयास गरिनेछ ।