३१ आश्विन २०८३, शनिबार

राजेन्द्र महतो चोर बाटोबाट दिल्ली प्रस्थान, महेन्द्र पनि भ्रमणमा निस्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-mahatoकाठमाडौं, १९ मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भारत प्रस्थान गरेका छन् । उनीसँग तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवपनि भारत गएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेतासमेत रहेका महतो र यादव कार्यकर्ता भेट्ने भन्दै चोर बाटोबाट दिल्ली प्रस्थान गरेको मोर्चाका एक नेताले जानकारी दिए । ‘उहाँहरु सितामढी जानुभयो, त्यहाँबाट पटना भएर आजै साँझ दिल्ली पुग्नुहुनेछ । सितामढी विरामी कार्यकर्ता भेट्ने भनेका छन्,’ ती नेताले भने ।

उनका अनुसार गत बिहीबार सर्लाहीको नवलपुरमा मोर्चाको आमसभामा प्रहरीले चलाएको गोली लागी घाइते भएका कार्यकर्तालाई भेट्न भन्दै दुवै अध्यक्ष शनिबार विहानै सितामढी प्रस्थान गरेका हुन् । मोर्चाका घाइते कार्यकर्ताको भारतको सितामढीमा उपचार भइरहेको छ ।

यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर आइतबार दिउँसो काठाडौंबाट दिल्ली जाँदैछन् ।

दिल्ली पुगेर मोर्चाका नेताहरुले मधेस आन्दोलन र सरकारी दमनबारे मोदीलाई ‘विफ्रिङ’ गर्ने कार्यक्रम रहेको ती नेताले बताए । भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई पनि नेताहरुले भेट्नेछन् ।