एजेन्सी । नेपालमा अलग प्रदेश माग गरी मधेसमा आन्दोलन चलिरहेका बेला अमेरिकाको ऊटा क्षेत्रमा नयाँ देशको घोषणा भएको छ । ऊटा क्षेत्रमा रहेको मरुभूमि क्षेत्रलाई एक अमेरिकी नागरिक ज्याक ल्यान्ड्सबर्गले नयाँ राष्ट्र घोषणा गरेको समाचार एजेन्सीले जनाएका छन् ।
ज्याकले नयाँ देशको नाम जाकिस्तान राखेका छन् जसको औपचारिक नाम ‘रिपब्लिक अफ जाकिस्तान’ हुनेछ । साथै, नयाँ देशको राष्ट्रपति आफू नै भएको घोषणा पनि उनले गरेका छन् ।
उनको देश चार हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो क्षेत्रलाई उनले १५ वर्षअघि खरिद गरेका थिए । यसलाई पूर्ण रूपमा स्वाधीन र सम्प्रभु राख्ने योजना त्यतिबेलै बनाएका उनले अहिले आएर औपचारिक रूपमै नयाँ राष्ट्र गठन भएको घोषणा गरेका हुन् । साथै उनले आफ्नो नयाँ देशको सुरक्षाका लागि रोबोट गार्डको व्यवस्था गरेका छन् ।
जाकिस्तान आउनेहरूका लागि जाकिस्तानको चिह्नअंकित पासपोर्ट समेत बनाइएको छ । जाकिस्तानभित्र छिर्नुअघि उनीहरूको पासपोर्टमा छाप लगाइनेछ । त्यसपछि मात्रै प्रवेश गर्न पाइनेछ ।
अहिले ज्याक आफूले घोषणा गरेको देशको सुरक्षा, शासन सञ्चालन लगायतको योजना तयार गर्नमा गम्भीर भएर लागेका छन् ।
यद्यपि, संसारका कुनै पनि राष्ट्र र राष्ट्रसंघले उनले घोषणा गरेको नयाँ राष्ट्रलाई मान्यता दिएका छैनन् । अलग देश बनाउँदा पनि अमेरिकी सरकारले उनलाई कारवाही गरेको छैन् ।















प्रतिक्रिया