२३ कार्तिक २०८३, सोमबार

एमाओवादीको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Umaobadiकाठमाडौं, १९ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीका आन्तरिक संगठनात्मक विषयमा छलफल गर्न एकीकृत माओवादीको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।

पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्वारा पेश गरिएको प्रस्तावमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् । अध्यक्ष दाहालले पहिलो दिनकावे बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन टिप्पणी र छलफलका लागि पेश गर्नुभएको थियो ।

धारणा राख्ने अधिकांश सदस्यहरूले पार्टीलाई नयाँ राजनीतिक बिचारका साथ अगाडि बढाउन सुझाव दिएका छन् । उनीहरूले पार्टीलाई जीवन दिन सांगठनिक र अन्य विषयहरूलाई पनि ध्यान दिन आग्रह गरेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्वले सही नेतृतव दिनुपर्ने भन्दै अध्यक्ष दाहालको आलोचनासमेत गरेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखेर सकेपछि अध्यक्ष दाहालले जवाफ दिने कार्यक्रम छ ।