
काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी ओलीले शुक्रबार बिहान ट्वीट गरे । आज साँझ ५ बजे सत्तापक्ष, प्रमुख प्रतिपक्ष र मधेसी मोर्चाबीच वार्ता हुदैँछ । तर प्रधानमन्त्रीले आह्वान गरेको त्यो वार्ता हुन सकेन् ।
साँझ मोर्चा नेताहरु बालुवाटार होइन लैनचौरतिर सोझिए, राजदूत रणजित रायसँग सघन संवाद गर्न । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
हुन त उपेन्द्र यादबले सर्लाहीमा बिहीबारको मोर्चा सभामा सरकारी दमन भएको र वार्ताको माहोल जानाजान सरकारले भाँडेको बताएका थिए ।
लैनचौरमा डेढघण्टाजति उनीहरुसहित अरु नेताहरुको डिनर मिटिङ चल्यो ।















प्रतिक्रिया