२३ कार्तिक २०८३, सोमबार

कांग्रेस र एमाओवादीको टोली बालुवाटार पस्यो, को-को छन् टोलीमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-niwas-baluwatar

काठमाडौं, १८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता साझेदार दल एकीकृ नेकपा माआवादीको टोली प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेको छ ।

अहिले केही बेरमा सुरु हुने तीन दलीय बैठकमा सहभागिता जनाउन कांग्रेस र एमाओवादीको टोली बालुवाटार प्रवेश गरेको हो ।
बैठकमा तीन दलले मधेस आन्दोलनका माग पुरा गर्न साझा धारणा बनाउने छन् । आजै पाँच बजे मधेसवादी दलसँग त्रिपक्षीय वार्ता हुँदैछ ।

बालुवाटार प्रवेश गरेको कांग्रेसको टोलीमा सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरु छन् । त्यसैगरी एमाओवादीका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेताहरु बालुवाटार पुगेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णू रिमालले जानकारी दिनुभयो । केही बेरमा प्रचण्ड पनि पुग्दैछन् ।