काठमाडौं, १८ मंसिर । आज पनि एमाओवादी केन्द्रीय समिति बैठक जारी छ ।
बैकठमा बोल्दै कृषिमन्त्री हरिबोल गजुरेलले मोहन वैद्य पार्टीबाट हट्दा संविधान बनेको र अब बाबुराम भट्टराई अटेपछि पार्टी राम्रो बन्ने बताएका छन् । उनले बाबुरामले पार्टी छाडेर गल्ति गरेको बताए ।
बैठकमा अर्का वक्ता राम कार्कीले भने बाबुरामको आलोचना गरिरहँदा अनावश्यक टिप्पणी गर्न नहुने स्पष्ट पारे । बाबुरामको आलोचना वा विरोध गर्दा भोलि यहीँ आएर उभिएका बेला आँखा जुधाउन सकिने ठाउँ राखेर मात्रै आलोचना गरिनुपर्ने कार्कीले बताए ।
बैठकमा वनमन्त्रीसमेत रहेका अग्नि सापकोटा, जनार्दनशर्मा प्रभाकर, डिलाराम आचार्य र चन्द्रदेव खनाल वलदेवले पनि प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गरेका छन् ।













प्रतिक्रिया