२३ कार्तिक २०८३, सोमबार

आफ्नै देशका जनतालाई ढाँटेपछि भारतमै मोदीको बेइज्जत (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-and-pib

काठमाडौं, १८ मंसिर । भारतको तमिलनाडू राज्यमा भीषण बाढीपछिको अवस्था अवलोकन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विहीबार त्यहाँ पुगे ।

उनले हेलिकप्टरबाट त्यहाँको अवलोकन गरे । यहीबेला सरकारी सूचनाले जनतालाई ढाटेपछि भारमै मोदीको बेइज्जत भयो । भयो के भन्दा सरकारको प्रेस इन्फरमेशन ब्यूरोले आफ्नो वेबसाइट र ट्विटमा मोदीले हेलिकप्टरबाट चेन्नईको बाढी प्रभावित इलाकाको एकदमै नजिकबाट अवलोकन गरिरहेको देखाइएको छ तर, सामाजिक सञ्जालमा यो तस्वीर सार्वजनिक भएपछि यसको विश्वसनियतामाथि प्रश्न उठ्यो र तस्वीर सार्वजनिक गर्ने पीआईबीको पनि जमेरै आलोचना भयो ।

modi-and-original

यो तस्वीरलाई फोटोसपबाट सफा गरेर बाढी प्रभावित क्षेत्रको केही यस्तो ठाउँ देखाइएको छ कि टाढाको गाउँलाई पनि एकदमै नजिक देखाइएको छ जो सम्भव नै छैन् । सामाजिक सञ्जालमा यो तस्वीरलाइ लिएर मोदीको जमेरै आलोचना भएको छ । आफ्नो आलोचना भएपछि मोदीले आफ्नो ट्विटर ह्याण्डलमा वास्तविक तस्वीर शेयर गरे ।

आफ्नै देशका जनतालाई ढाटेपछि भारतमै मोदीको बेइज्जत भएको छ । विपक्षीहरुले समेत जमेरै मोदीविरुद्ध आफ्नो धारणा सार्वजनिक गरेका छन् । वास्तविक तस्वीर शेयर गरेपछि मोदीका फ्लोर्सहरुले गाली र झुटको खेती गरेको आरोप लगाएका छन् ।

Modi-twitter Modi-twitter-1