२३ कार्तिक २०८३, सोमबार

आजको त्रिपक्षीय वार्तामा मधेसवादी दलका शीर्ष नेताहरु सहभागी हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha-1काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको त्रिपक्षीय वार्तामा आन्दोलनरत मधेसवादी दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् ।

त्यसका लागि मधेस झरेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दुई नेता विहबारै राजधानी आइसकेका छन् । मधेस झरेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर राजधानी फर्किएका हुन् ।

सद्भावना पार्टीका महासचिव मनीष सूमनले आजको वार्तामा मोर्चाका शीर्ष नेताहरु सहभागी हुने जनाए । वार्तामा मोर्चाको आधिकारिक धारणा बनाउन मोर्चाका शीर्ष नेताहरु अहिले आन्तरिक गृहकार्यमा छन् । यसअघि बसेको त्रिपक्षीय वार्तामा मोर्चाका शीर्ष नेता सहभागी नभएर मधेर झरेका थिए ।