काठमाडौं, १८ मंसिर । नयाँ शक्ति अभियानमा जुटेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अर्काे धक्का लागेको छ । नयाँ शक्ति निर्माण अभियानमा लागेका तीन केन्द्रीय नेता एमाओवादीमा प्रवेश गरेपछि बाबुरामको अभियानलाई असर परेको हो ।
एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महरा निकट स्रोतका अनुसार बाबुरामलाई छाडेर दुई नेताले त केन्द्रीय समितिको बैठकमा भाग लिएका छन् भने एकले आत्मलोचना गर्दै पार्टी फर्किएको सन्देश दिएका छन् ।
बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा धनश्याम यादव र उपेन्द्र साह उपस्थित भएका थिए । उनीहरुले केही समय अघि देवेन्द्र पौडेलेको नेतृत्वमा ४५ केन्द्रीय नेताले एमाओवादी परित्यागको घोषणा गरेका थिए ।
बिहीबार पेरिसडाँडाको बैठकमा उपस्थित भएका यादवले आफू बहसका लागि गएको तर, माक्र्सवाद छाडेका कारण फर्किएको स्पष्टिकरण दिएका थिए ।













प्रतिक्रिया