काठमाडौं, १८ मंसिर । सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल कांग्रेस र आन्दोलनरत मधेसवादी दलहरुबीचको त्रिपक्षीय वार्ता अपराह्न पाँच बजे बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपक्षीय वार्ताका लागि अपराह्न पाँच बजेको समय तोकेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार पाँच बजे सत्तारुढ दल, प्रतिपक्षी कांग्रेस र आन्दोलनरत मधेसवादी दलबीच निर्णायक वार्ता हुनेछ ।
यसैगरी साझा धारणालाई अन्तिम रुप दिन चार बजे एमाले, एमाओवादी र कांग्रेसको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार दाहालले जानकारी दिए ।
आजको वार्तामा मधेसका प्रमुख मागहरु सीमांकन, निर्वाचन क्षेत्र र समावेशीतामा प्रमुख तीनले अधिकतम लचकताका साथ साझा धारणा प्रस्तुत गर्ने तयारी गरेका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।













प्रतिक्रिया