रोजगारी नपाएर हरेक बर्ष अढाई लाख युवा बिदेशिन्छन तर यहाँको राज्य सत्ता छेपारो जस्तो भयो । दुःख पर्यो अतालिन्छ सुख पायो निदाउछ । छेपारोको काहानी यस्तै हो राति जाडो हुन्छ सपना बुन्छ भोली घर बनाउछु लुगा किन्छु भन्दै रात गुजार्छ बिहान घाम लाग्छ अनी ढिङ लागे झै सुत्छ । यहाँ भएको पनि यही हो ।
नेपालमाथि प्राकृतिक प्रकोप भएको ठीक ६ महिनापछी भारतले अघोषित नाकाबन्दी गर्यो । भन्न त कतिपय ब्यक्ति राजनीतिक पार्टीको भनार्इ छ भारतले नाकाबन्दी गरेको होइन । यो त तरार्इका राजनीतिक पार्टीको आन्दोलनको प्रभाव हो । केही हद सम्म यो कुरा हो पनि हामीले आफ्नै देशका जनताको बाँच्न पाउने अधिकार खोसेर आन्दोलन गरेको घटना पहिले पनि भएको सामना गरेका छौ हौ थियौ । यो अरु केही नभएर भारतको भुमिमा बसेर नेपालका जनताको खिलाफमा चलाएको आन्दोलन हो पहिले को पनि तेही थियो । जहाँ पनि जहिले पनि दुःख पाउने कस्ले हो भन्दा जो बिपन्न बर्ग छ जो महँगो सर्सामान किन्न सक्दैन जो मेहेनत गरी आफ्ना छोराछोरी जहान परिवार पाल्छ मर्ने सधैं उही हो । यस्ता प्रकारका कुनै आन्दोअलनमा कोही नेताको घर परिवार कोही नेता मरेको या उनीहरुको चुलो निभेको बिरलै होला । हामीले बिदेशको भुमिमा बसेर त्यहाँको राज्य सत्ताको आड्भरोसा लिएर आफ्नै देशका ब्यबस्था परिवर्तन गर्ने एउटा नराम्रो परम्परा बनाएकै कारण आजको यो हबिगत बेहोर्दै आउनु परेको छ ।
भन्न त हामीले जनताको लागि नयाँ ब्यबस्था भनेकै हौ यथार्थमा कुनै ब्यबस्थाले जनताको चुलो बाल्नमा सहयोग गरेको देखिएन निभाउन चाँही निभाएकै छन । हिजोको परम्परा आज दोहोरियो हामी अताल्लियौ कुरा यत्ती हो, राणाको बिरुद्दमा हामी भारतमै गयौ बुझ्नुपर्ने कुरा थियो जनताको लागि त जनतामै रहनुपर्ने थियो, हिजो आफ्नो घरको भन्दा नजिकको बाहिरको बनायौ तब भाई फुटे गवार लुटे हुने नै भयो । यो नाकाबन्दी भन्दा लामो नाकाबन्दी भारतले नेपालमाथि २०४५ सालमा लगाएकै हो नि । त्यो बेला हामी अहिलेको जस्तो गहुँ मकै धान तोरी दाल फलाउने जमिनमा घर फलाउने धन्दामा लागेका थिएनौ । पहाडमा दाउरा बाल्थ्यौ दियालो जलाएर उज्यालो बनाउथ्यौ तर अहिलेको जस्तो सुबिधाभोगी भएर निर्जिव बस्तु सरह थिएनौ । आज हामीलाई जमिन जोत्न लाज लाग्न थाल्यो लुगा फोहोर हुन्छ कि भनेर घिर्णा गर्न थाल्यौ यो भुल्यौ कि किसानले जमिन बाटकति मेहेनत गरेर अन्न उब्जाउँछन उनीहरुको लागि हामीले केही गर्नुपर्छ भनेर हामीले कहिलै सोचेनौ । ठुलो मान्छे बन्नको लागि दौडिएका हामी खाल्टोमा भासियौ अरु केही पनि भएको छैन । त्यो पहाडमा कसरी बाटो बनाउन सकिन्छ ? यहाँको प्रकृतिक सम्पदालाई सुरक्षित राख्दै कसरी फाईदा लिन सकिन्छ भनेर हामीले कहिलै सोचेनौ घोकेर पढ्यो अब्बल भयो काम हाकिम भन्दा सानो गर्ने होइन ।

रोजगारी नपाएर हरेक बर्ष अढाई लाख युवा बिदेशिन्छन तर यहाँको राज्य सत्ता छेपारो जस्तो भयो । दुःख पर्यो अतालिन्छ सुख पायो निदाउछ । छेपारोको काहानी यस्तै हो राति जाडो हुन्छ सपना बुन्छ भोली घर बनाउछु लुगा किन्छु भन्दै रात गुजार्छ बिहान घाम लाग्छ अनी ढिङ लागे झै सुत्छ । यहाँ भएको पनि यही हो । भूकम्पले भत्किएको बाटो पुल भवन् निर्माण समय मै गरेको भए, केवल एउटा मात्रै देशको भर नपरी बिकल्प खुला राखेर सन्तुलित ब्यवसाय गरेको भए आज यो अवस्था आउने नै थिएन । देशभित्र कामले मान्छे खोज्दै छ तर युवालाई बिदेशिनु छ के यो रहर हो ? अवश्य होइन दोष युवाको होइन राज्य सञ्चालन गर्नेहरुको हो । हिजो आफूले गरेको गल्ती आज अरुले गरेका छन । फरक यती हो हाम्रो देशभित्रको समस्या हामी आँफैले समाधान गर्नुपर्छ भनेर आफ्नै देशभित्रै बसेको भए कुनै बिदेशी शक्तिलाई आफ्नो आन्तरिक शक्तिको हाम्रा कमिकमजोरी खोलेर नदेखाएको भए अहिलेको जस्तो जटिल समस्या आउने नै थिएन ।
अबको बाटो झनै जटिल छ, संघीयतालाई लागु गरौ देश नै नरहने अवस्था लागु नगरौ । देश गृहयुद्दमा जाने संकेत हामीले देखेका छौ । तरार्इमा आन्दोलन गर्ने आन्दोलनकारिको माग सम्बोधन गर्न लाग्दा पृथकतावादीहरुले त्यो भुभाग टुक्र्याउने निश्चित योजना बनाएका छन् त्यो सम्भव हुन दिनु भएन । माग सम्बोधन गर्ने अर्को उपाय अहिलेका नेपाली नेताको बुताले भ्याउदैन। हामीले आफ्नो जमिनको माया मारी सकेका छौ जस्तो लाग्छ । हामी धेरै नेपाली युवाशक्ति बिदेशमै छौ तेहीबाट भन्दै छौ स्वाभिमान गुम्न दिनुहुँदैन । तर हामी मध्ये ५ प्रतिशतलाई नेपाल जाउ तेही जे गर्नुपर्छ गरौ भनेर कसैले आग्रह गर्यो भने बाच्ने आधार के भनेर प्रश्न गर्छौ । यो मानसिकता भएका हामी स्वाभिमानी कसरी भयौ ? हामीले आफ्नो लागि कसैको मुख ताक्न छोडेर आँफै केही गरौ भनेर लाग्नुपर्ने समय युवा अवस्थामा नै हो । तर, केवल भारतलाई गाली गरेर समय बिताउने नेताहरुको पछी लागेर अब केही हुने वाला देखिन्न । उसले हामीलाई एउटा सुनौलो अवसर दिएको छ तिमीहरु आँफै केही गर अरुको भरमा कती दिन बाचौला ? यदी कसैको भरमा बाच्नेले आफ्नो अस्तित्व जोगाएको ईतिहास कही हुँदैन । छैन पनि ।
हामी भन्दा कयौ गुणा कमजोर मुलुक ४० बर्षको अन्तरालमा कहाँ पुगी सके तर आज हामी त झनै कमजोर हुँदै गएका छौ । अरबका यिनी देशमा हाम्रा पौरखी युवाका हात जहाँ परे उही उर्बर हरियाली हुँदै गए तर हामीलाई यस्तो बढी दुःख गर्नु नै पर्दैन । प्रकृतिले हामीलाई भरपुर सम्भावना दिएको छ तर हामी तेही मुनी अध्यारो बनाएर बसेका छौ । हामी आँफैले लगानी गरेर निर्माण गर्न सक्ने योजना बाट सुरुवात गर्दा मात्रै पनि देशको बिकास १० बर्षमा उल्लेखनिय हुनसक्छ, गर्न सक्छौ। तर सधैं आगो लगाउन भत्काउन भन्दा अरु नजानेका ब्यक्ति नेता बनेका कारण यो सम्भावना हामीले देख्दैनौ । रसायनिक मलको बदला प्रागणिक मलको प्रयोग गर्ने कृषि तथा पशुपालन् गर्ने जलबिद्युत निर्माण गर्ने यस्ता कामलाई राज्यले लगानी सुरक्षित गर्दिने सिचाइको ब्यबस्था गरी दिने हो भने कमसे कम् भोकले त मर्दैन जनता ।
जोसँग जमिन छैन उनीहरुलाई भुमाफियाको जमिन खोसेर बाड्ने हिम्मत राज्यले गर्नुपर्छ। जमिनमा हदबन्दी लगाउनुपर्छ भुमिसुधार सम्बन्धी ऐन बनाएर गरिबीको रेखामुनिका जनतालाई बिक्री गर्न नपाईने गरेर सन्तुलित बाड्फाड गर्नैपर्छ तराइका जमिन्दारको जमिन अब राज्यले खोस्नै पर्ने हुन्छ । अन्यथा बिकास सम्भव छैन । किनबेच गर्न पायो भने काम गर्दैन ठगेर खान बानी परेकाहरु फेरी बेचेर खान्छन अनी भुमिहिन हुन पुग्छन । बाझो राखेमा बिक्री गरेमा स्वतह राज्यमा जाने हिसाबले जमिन उपलब्ध गराउनुपर्छ । अहिले भएका राजनीतिक पार्टीहरु आफूलाई क्रान्तिकारी हौ भन्छन । ब्यबहारमा देखाउने समय यही हो । काम गरौ कुरा होइन ।














प्रतिक्रिया