६ कार्तिक २०८३, शुक्रबार

नाकाबन्दीले गम्भीर मानवीय संकट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-2काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी ओलीले दक्षिणी सीमामा जारी अघोषित नाकाबन्दीका कारण नेपालमा गम्भीर मानवीय संकट उत्पन्न हुन लागेकाले तत्काल निःसर्त फिर्ता हुनुपर्ने बताएका छन् ।

नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको ६०औं वाषिर्कोत्सवका अवसरमा बिहीबार राजधानीस्थित राष्ट्रसंघीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले नेपालको स्वतन्त्र पारवहन अधिकार कुण्ठित भएकाले नाकाबन्दी शीघ्र अन्त्य हुनुपर्नेमा जोड दिएको कान्तिपुर दैनिकले छापेको छ ।

अत्यावश्यक सामग्रीको आपूर्तिमा उत्पन्न अवरोधका कारण मानवीय सहायता कार्यक्रम सञ्चालनमा परेको असर र सबैखाले अवरोध हटाउन राष्ट्रसंघका महासचिव बान की मुनले देखाएको गम्भीर चासोप्रति प्रधानमन्त्रीले कृतज्ञता व्यक्त गरे ।