६ कार्तिक २०८३, शुक्रबार

नयाँ प्रस्ताव मधेसी मोर्चाले नमान्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morchaकाठमाडौं, १८ मंसिर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक समितिमार्फत् सीमांकन टुंग्याउने प्रस्ताव आफूहरुलाई मान्य नहुने बताएका छन् ।

मंसिर २ गतेको वार्तामै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले यस्तो प्रस्ताव अघि सारिसकेको, उतिबेलै यो प्रस्तावमा आफूहरु असहमत भएको बताउदै यादवले फेरि उही प्रस्ताव राख्नुको कुनै अर्थ नहुने टिप्पणी गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

अहिलेसम्म वार्ताका लागि कुनै सूचना नआएको उनको भनाई छ ।

सर्लाही, पर्सा, बाँकेलगायत जिल्लामा तनाव सिर्जना गरेर सरकारले वार्ताको वातावरण बिथोल्न खोजेको यादवको आरोप छ ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरले पनि वार्ताका लागि आफूलाई अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको बताए ।